play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

प्रोफेसनल पब्लिक स्पिकिङ च्याम्पियनको उत्कृष्ठ २० बिद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न

0

असार ०३, सिनर्जी एफएमको आयोजनामा जारी प्रोफेसनल पब्लिक स्पिकिङ च्याम्पियन २०१९ को उत्कृष्ठ २० बिद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । चितवन र नवलपुरका विभिन्न कलेजका विद्यार्थीहरुको वक्कृत्वकला प्रतियोगिताबाट उत्कृष्ठ २० मा छर्नाट भएका विद्यार्थीहरुलाई उनीहरुको बोल्नेकलालाई अझै निखार दिन अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको एफएमका कार्यक्रम म्यानेजर मनोज घिमिरेले बताउनुभयो । गत माघबाट सुरु भएको प्रतियोगिताको अन्तिम १० उत्कृष्ठका लागि विद्यार्थीहरुले अहिले तयारी गरिरहेका छन् । प्रोफेशनल एजुकेशन कन्सलटेन्सीको हलमा भएको अभिमुखीकरण कार्यक्रममा आचार्य लक्ष्मण भण्डारीले सहजीकरण गर्नुभएको हो ।

यस्तै सहभागिहरुलाई कन्सलटेन्सीका ब्रान्च म्यानेजर सन्तोष खनालले विद्यार्थीहरुलाई दखा ओढाएर स्वागत गर्नुभएको थियो । प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाबाट प्रथम हुनेले नगद एक लाख, द्वितीय हुनेले नगद ५० हजार र तृतीय हुनेले नगद २५ हजारको साथमा आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । बोल्ने प्रतिभा भएर पनि अवसर नपाउँदा प्रतिभा लुकाएर बस्न बाध्य भएका विद्यार्थीको लागि यस प्रतियोगिता फलदायी हुने एफएमले बिश्वास लिएको छ । प्रतियोगितामा सबै उमेर समूहले सहभागीता जनाउन पाउने व्यवस्था गरिएको छ । प्रोफेशनल एजुकेशन कन्सलटेन्सीको मुख्य प्रायोजन, हानामी इन्ट्रनेश्नल एजुकेसनको प्रायोजन र बेङ्गलोर टेक्नोलोजिकल इन्स्च्यिुटको सह प्रायोजनमा प्रतियोगीता संचालन गरिएको हो । कार्यक्रमको एस एस एस साउण्ड सिस्टम आधिकारीक साउण्ड रहेको छ भने अफिसियल टेलिभिजन आभाष टेलिभिजन, अफिसियल अनलाईन नारायणी अनलाईन र भिन्दैकुरा डट कम रहेका छन् ।

Share.

Leave A Reply