play_circle_outline On Air

आशाको बाँडी

play_circle_outline On Air

आशाको बाँडी

रत्ननगरमा योग शिविर सुरु

0

रत्ननगर, असार ३ गते । पूर्वी चितवनको रत्ननगरमा मंगलवार देखि पतञ्जली योग शिविर सुरु भएको छ । वडा नं १३ मा रहेको नवीन टोल विकास संस्था र नवीन आमा समुहले सयुक्त रुपमा आयोजना गरेको सो तालिममा ६० जनाको सहभागिता रहेको छ । शारिरीक स्वास्थ्यको लागि गरिने व्यामका रुपमा लिइने योग शिविरप्रति आर्कषण बढाउन योग शिविरको आयोजना गरिएको संस्थाका अध्यक्ष पूर्ण पुरीले जानकारी दिए । शिविरमा प्रमुख योग प्रशिक्षक वलराम थापा,योग प्रशिक्षकहरु कृष्णप्रसाद भट्टराई,गोविन्द भट्टराई,शिव पुरी र बसन्त देवकोटाले प्रशिक्षण दिनेछन । प्रमुख योग प्रशिक्षक थापा प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा स्काइराइडर आमाविका अध्यक्ष दुर्गा पुरी,रत्ननगर अस्पतालका स्वास्थ्यकर्मी भोजराज खनाल,नवीन आमा समुहकी पूर्व अध्यक्ष मिश्रादेबी घिमिरे लगायतले मन्तव्य राखेका थिए । शिविर एक हप्ता सम्म चल्ने छ । कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष पुरीको अध्यक्षतामा भएको थियो ।

Share.

Leave A Reply