play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट खैरहनीमा बरोजगारलाई रोजगार

0

खैरहनी, असार ३ गते । पूर्वी चितवनको खैरहनी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारहरुलाई काममा लगाइएको छ । पहिलो चरणमा सार्वजनिक जग्गामा फलफलका विरुवा रोप्न ७ जनालाई काममा लगाइएको हो । सो नगरपालिकाले चालु आर्थिक बर्षमा ११३ जनालाई बेरोजगारलाई रोजगारी दिदैछ । मंगलवारदेखि वडा नं १ बाट रोजगार कार्यक्रम सुरु भएको हो । सो स्थानमा आयोजित एक कार्यक्रममा मेयर लालमणि चौधरीले काममा लगाइएकाहरुलाई हाते सामाग्री हस्तान्तरण गरेर नगरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो अबसरमा मेयर चौधरीले मानविय श्रोत साधनले सम्भव हुने विकास निर्माणकोे मेसिनको प्रयोगलाई विस्थापित गर्ने बताए । अब मान्छेले काम गर्ने दिनको सुरुवात भएको छ उनले भने यो आवश्यकताले सृजित विषय हो,सके सम्म विकास निर्माणमा मेसिनको प्रयोग गर्न दिन्न । नगरपालिकाले वातावरण संरक्षणसंगै आयआर्जनका लागि सार्वजनिक जग्गामा फलफुलका विरुवा रोप्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए ।
पहिलो चरणमा फलफुलका विरुवा रोप्न लगाईएपनि वेरोजगारको फारम भरेकाहरुलाई विकास निर्माणका अन्य काममा समेत लगाउने नगरपालिकाले योजना वनाएको शर्माले वताए । दैनिक ८ घण्टा काम गरेवापत उनीहरुले नेपाल सरकारले तोकेको ६ सय ३० रुपैया प्राप्त गर्नेछन् । खैरहनीमा १३ वटा वडाबाट ९ सय जनाले रोजगारको लागि आबेदन दिएको रोजगार संयोजक रमेश पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सडक स्तरोन्नति, सानासाना पूर्वाधार निर्माण, श्रममूलक काम, सडक निर्माण, कृषि, सिँचाइ, ग्रामीण खानेपानी, शिक्षा, वन, जलाधार क्षेत्रमा रहेर काम गर्ने कार्यविधि रहेको छ । यस कार्यक्रममा १८ वर्षदेखि ५० वर्षसम्मका बेरोजगार नागरिक सहभागी हुन पाउने छन् ।

Share.

Leave A Reply