play_circle_outline On Air

आशाको बाँडी

play_circle_outline On Air

आशाको बाँडी

सिद्धिका चेपाङका लागि मौरी तालिम

0

रत्ननतर, असार ३ गते । व्यवसायिक मौरीपालनको लागि मौरी सहितको घार पाएका सिद्धिका चेपाङका लागि तालिम सुरु भएको छ । सपना भिलेज सोसल इम्प्याक्टले मौरी पालक किसानहरुलाई आधुनिक मौरीपालनको ज्ञान दिलाउन तालिम सुरु गरेको हो । पाँच दिने तालिम भरतपुर महानगरपालिकाको रामनगरमा सुरु भएको हो । कालिका नगरपालिका र सपना भिलेज सोसियल इम्प्याक्टको साझेदारीमा सिद्धिका १० जना चेपाङलाई व्यवसायिक बनाउन मौरी सहितको घार वितरण गरिएको थियो । नगरपालिका र इम्प्याक्टले एउटा किसानलाई २० वटा मौरीको घारका दरले २०० घार मौरी वितरण गरेका थिए । २० वटा मौरीको घार निशुल्क पाएका किसानले आफ्नै लगानीमा १० घार थप गर्नुपर्ने सम्झौता गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । प्रयोगात्मक सिकाईलाई लक्षित गरी रामनगरमा रहेको गोर्खा मौरी नामक संस्थाको भवनमा तालिम आयोजना गरिएको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए । तालिममा १० जनाको सहभागिता रहेको छ । गोर्खा मौरीका सञ्चालक खेमराज न्यौपानेले चेपाङहरुलाई आधुनिक मौरीपालनको तरिका सिकाउने छन । इम्प्याक्टले सुरु गरेको प्रकृतिको संरक्षण गर्दै सिद्धिको विकासमा एक कदम नामक परियोजनाले त्यहाका चेपाङहरुको जीवन स्तर उकास्ने थ्रुपै काम गरिरहको छ । घर सुधार देखि आयआर्जनको लागि बाख्रापालन र चिउरी उत्पालनको पकेट क्षेत्रको रुपमा चिनिएको सिद्धिका चेपाङहरुलाई व्यवसायिक बनाउन मौरीपालनमा आर्कर्षित गरिएको इम्प्याक्टका अनिल अर्यालले बताए ।

Share.

Leave A Reply