play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

प्रधानमन्त्रीले सम्बोधन गर्दा कांग्रेसको नाराबाजी, बैठक स्थगित

0

असार,३ ।
प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्दा का‌ंग्रेस सा‌ंसदले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । बिहान ११ बजे प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लागेका थिए। बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । संसदलाई सम्बोधन गर्न प्रधानमन्त्री रोष्टममा पुग्ने बित्तिकै पहिला आफ्ना संसदीय दलका नेताले बोल्न पाउनु पर्ने माग गरेका थिए । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको सम्बोधन पछि विपक्षी दलका सा‌ंसदहरुलाई बोल्न समय दिने बताए पनि उनीहरुले नाराबाजी जारी राखेका थिए ।

Share.

Leave A Reply