play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

प्रतिनिधिसभा बैठकमा कांग्रेसको विरोध

0

असार,३ ।
प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेसले विरोध गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेकालमा प्रमुख प्रतिपक्षी कांग्रेसले विरोध गरेको हो । कांग्रेस सांसदहरू आफ्नो सिटबाट उठेर रोष्ट्रम घेराउ गर्न पुगेका हुन् । प्रधानमन्त्री बोल्नका लागि रोष्ट्रममा पुगेपछि कांग्रेसका सांसद घेराउ गर्न पुगेका हुन् । कांग्रेसले आफ्ना नेताले बोल्न पाउनुपर्ने माग गरेको हो । सभामुख कृष्णबहादुर महराले पछि बोल्न दिन्छु भनेर बारम्बार अनुरोध गर्दा पनि कांग्रेस सांसद नाराबाजी गरिरहेका छन् । संसद बैठक निर्धारित समयभन्दा १ घण्टापछि बसेको हो ।

Share.

Leave A Reply