play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

पौडेलले पुर्‍याएका योगदान अतुलनीय – गृहमन्त्री थापा

0

चितवन,जेठ,३१ ।
नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री धनिराम पौडेलको निधनले नेपालको गणतान्त्रिक आन्दोलनको एक योद्धा गुमाएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । नेपालको गणतन्त्र स्थापनामा पौडेलको महत्वपूर्ण योगदान रहेको बताउँदै गृहमन्त्रीले नेपालमा भएका विभिन्न आन्दोलनमा पौडेलले पुर्‍याएका योगदान अतुलनीय रहेको बताएका थिए । पञ्चायतकालदेखि संघीय गणतन्त्र स्थापनासम्म पौडेलले देशका विभिन्न ठाउँमा रहेर योगदान पुर्‍याएको थापाको भनाइ थियो । नेपाल सरकारको शिक्षामन्त्रीका रूपमा रहेर शैक्षिक विकासमा पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको थापाले बताए ।

नेपाली समस्त आन्दोलनका एउटा नेताको संज्ञा दिँदै मन्त्री थापाले पौडेलको निधनबाट सिंगो पार्टीमा क्षति पुगेको बताए । पौडेलको ५३ वर्षको उमेरमा शुक्बार बिहान माडीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको थियो । पौडेललाई अन्तिम श्रद्धाञ्जली दिनका लागि गृहमन्त्री थापा चितवन पुगेका हुन् । पौडेलको अन्त्येष्टि आजै माडीमा हुन लागेको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वामदेव गौतमलगायतका नेता चितवन आउने बताइएको छ ।

Share.

Leave A Reply