play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न संसदीय समितिको निर्देशन

0

जेठ,३१ ।
संसदको विकास तथा प्रविधि समितिले तीनकुनेस्थित बागमती नदीमा बन्दै गरेको पुल निर्माण ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिस गरेको छ । आज बसेको समिति बैठकले पुलको काम अघि नबढाउन निर्देशन दिँदा–दिँदै पनि पप्पुले अटेर गरी काम अघि बढाएको भन्दै कारवाही गर्न निर्देशन दिएको हो । निर्माणाधीन पुलमा त्रुटि देखिएको भन्दै काठमाण्डु उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्र काम अघि बढाउन यसअघि निर्देशन दिएको थियो । तर, उक्त निर्देशनको पालना नै नगरी स्ल्याब ढलानको तयारी गरेको भन्दै समितिले पप्पुलाई कारवाही गर्न निर्देशन दिएको छ ।

Share.

Leave A Reply