play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

पौडेलको पार्थिव शरीर दिनभर श्रद्धाञ्जलीका लागि वसन्तपुरको चौरमा राखिने

0

चितवन,जेठ, ३१ ।
पूर्व शिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन भएको छ । आफ्नै निवास चितवनको माडी नगरपालिका–३ वसन्तपुर रमाइलो डाँडामा रहेका बेला उनलाई हृदयघात भएको थियो । आज बिहान पौने ७ बजे हृदयघात भएपछि स्थानीय बगौडा अस्पतालमा लैजाँदै गर्दा उनको करिब ७ बजे बाटोमै निधन भएको नेकपा प्रदेश ३ का सदस्य ओमनाथ पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार पौडेलको पार्थिव शरीर अहिले वसन्तपुरको चौरमा श्रद्धाञ्जलीका लागि राखिएको छ । नेकपाका केन्द्रीय प्रतिनिधि टोली माडी आउँदै गरेको जनाइएको छ । परिवारको सल्लाहअनुसार दिनैभरी पौडेलको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने तयारी भएको छ । अन्तिम संस्कार कहिले गर्ने भन्नेबारे निर्णय भइनसकेको जनाइएको छ । पौडेल २०७३ साल भदौमा नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकारमा शिक्षा मन्त्री बन्नुभएको थियो ।

Share.

Leave A Reply