ओमानको खाडीमा तेल बोकेका दुई वटा ट्यांकरमा आक्रमण

0

जेठ ३१ ।
ओमानको खाडीमा तेल बोकेका दुई वटा ट्यांकरमा आक्रमण भएको छ । बिहीबार गन्तव्यतर्फ जाँदै गरेको अवस्थाममा दुई ट्यांकरमा विस्फोटक हमला भएको हो । आक्रमणको विषयलाई लिएर अमेरिका र इरानबीच आरोप प्रत्यारोपसमेत सुरु भएको छ । अमेरिकाले आक्रमणमा इरान जिम्मेवार भएको आरोप लगाएको छ । इरानले भने उक्त आरोप निराधार रहेको दावी गर्दै आएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ‘गल्फ अफ ओमान’ मा तेलका दुई ट्यांकरमा भएको आक्रमणमा इरान जिम्मेवार रहेको आरोप लगाए । तर इरानका एक उच्च अधिकारीले घटनामा आफूहरुको संलग्नता र सम्बन्धसमेत नरहेको दाबी गरेको बीबीसीले जनाएको छ । जापानको स्वामित्वको रहेको कोकुका करेजिएस र नर्वे्जिन कम्पनीको फ्रन्ट अल्टाएयरमा बिस्फोट भएको हो ।

Share.

Leave A Reply