play_circle_outline On Air

रिक्वोस्ट डट कम

play_circle_outline On Air

रिक्वोस्ट डट कम

विप्लवका नेता सन्देश पौडेललाई पक्राउ गर्न ३५ दिने सुचना जारी

0

जेठ ३१  गते । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेललाई पक्राउ गर्न सिन्धुली जिल्ला अदालतले ३५ दिने सुचना जारी गरेको छ । आगो लगाई क्षती पु(याएको आरोपमा उहाँलाई सिन्धुली प्रहरीले मुद्धा दायर गरेको हो । सिन्धुली जिल्ला अदालतले जारी गरेको सो सुचना माडी नगरपालिकाको वडा नं। ३ कार्यालयमा टाँसिएको छ । वडामा हालै टाँसिएको भएपनि सो सुचना भने गत पौष २३ को मितिमा जारी भएको देखिन्छ । सरकारले प्रतिबन्ध लगाएको सो पार्टीको जनकपुर ब्युरो इञ्चार्ज समेत रहनुभएका सन्देश पौडेल माडीबासीहरुका लागि परिचित नाम हो । नेता पौडेल यसअघि तात्कालीन नेकपा ९माओवादी केन्द्र० र वाई।सि।एल। नेपालको केन्द्रीय नेताका रुपमा वाम राजनीतिमा सक्रिय रहनुभएको थियो । माडीको सामाजिक, साँस्कृतिक, शैक्षिक, आमसञ्चार र खेलकूद लगायतका क्षेत्रहरुको विकासमा उहाँको महत्वपूर्ण योगदान रहेको छ ।

Share.

Leave A Reply