play_circle_outline On Air

रिक्वोस्ट डट कम

play_circle_outline On Air

रिक्वोस्ट डट कम

रत्ननगरमा भोली रोजगार मेला, १ सय बढी यूवालाई रोजगार बनाउने लक्ष्य

0

चितवन ३० जेठ । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा वृत्ती परामर्श तथा रोजगार मेला हुदैछ । मेलाको गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गर्ने छन । आयोजक रत्ननगर नगरपालिकाले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । मेला होटल स्टार ब्यन्क्युटमा विहान ९ बजे सुरु हुनेछ ।
वेरोजगार युवा र रोजगार दाता बीच प्रत्यक्ष भेट गराई रोजगार सृजना गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेयर नारायण वनले बताए । नेपाल सरकारको “समृद्ध नेपाल सुखी नेपाली” र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने नारालाई सहयोग पु¥याउने उद्देश्य लिई यस क्षेत्रका जनशक्तिलाई स्थानीय उद्योग÷व्यवसाय, बंैकिङ्ग, पर्यटन, होटल व्यवसाय लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पु¥याउने उद्देश्यका साथ रत्ननगरमा पहिलो पटक मेलाको आयोजना गरिएको उनले बताए ।
मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने,सीप मूलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारी दिइने,रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने,निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमहरु सम्बन्धी जानकारी दिइने,रोजगारको अवसर प्राप्त गर्न सकिने, स्थानीय उत्पादनहरु प्रदर्शनी गरिने उपमेयर विमला दुवाडीले जानकारी दिए । मेलामा १ हजार ५०० युवाहरुले वृत्ति परामर्श सेवाप्राप्त गर्ने छन् । साथै मेलामै १ सय ५० देखि २ सय जनालाई विभिन्न उद्योगहरुमा रोजगार प्रदान गरिने मेयर नारायण वनले बताए ।
रत्ननगर नगरपालिकाको आयोजना तथा रत्ननगर उद्योग बाणिज्य सघं, चितवनउद्योग संघ, क्षेत्रीय होटल संघ, रेष्टुरेन्ट एण्ड बार एसोसियशन सौराहा,निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवन,भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन, पूर्वी चितवन कुखुरा व्यवसायी संघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महा संघसंगको सहकार्य र नेपाल सरकार तथा स्वीस सरकार विकास सहयोग एसडिसीको द्विपक्षीय परियोजना दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाले रोजगार मेलाको आयोजना गरिएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले कार्यान्वयन गरेको यस परियोजनामा स्वीस सरकारको प्राविधिक सहयोग रहेको छ । रोजगार मेलामा २५०० देखि ३००० जना सम्मको सहभागिता रहने अनुमान गरिएको कार्यक्रम संयोजक विश्वास श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा हेल्वेटासमा टिम लिडर सुवास सुवेदी,सीटीइभीटी इन्स्योर परियोजनाका निर्देशक टेकबहादुर मल्ल,चितवन उद्योग संघ रत्ननगर इकाई संयोजक गजेन्द्र अधिकारी लगायतले रोजगार मेलाको उद्देश्यका वारेमा प्रकास पारेका थिए ।

Share.

Leave A Reply