जनयुद्धपछि देशमा विकासले गति लियो– प्रचण्ड

0

सिन्धुपाल्चोक, जेठ ३० गते । दश वर्षे जनयुद्धको प्राप्ति संघीय लोकतान्त्रिक गणतन्त्र भएको नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। बलेफि गाउँपालिका ५ कुपकन्या माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा हस्तातन्त्ररण कार्यक्रमको सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धपछि मात्रै नेपालमा शान्ति छाएको बताए। दश वर्षे जनयुद्धपछि मात्रै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको दावी गरे। जनयुद्धको जग सिन्धुपाल्चोकमा भूकम्पले तहसनहस पारेको बेलालाई सम्झदै अब सिन्धुवासीमा मात्रै नभएर सिंगो नेपाल समृद्धको बाटोमा लागेको बताए। ठूलो प्रकोप र द्वन्द्वपछि नै विकशित मुलुक समृद्ध बनेको उदाहरण जापानलाई दिँर्दै नेपालमा पनि नयाँ संस्कारको साथमा विकास गति दिएको उल्लेख गरे। भूकम्पले अन्य देशहरूसँग पनि भाइचाराको विकास भएको बताए। २०७२ सालमा भूकम्प नगएको भए पनि नेपालको संविधान निर्माण नहुने दावी गरे। आफू सरकारको प्रतिपक्ष दलको प्रमुख हुँदा पनि संविधान निर्माणको लागि नायकको भूमिक निर्वाह गरेको बताए।

Share.

Leave A Reply