play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

डेनर्माकमा हुने प्रजातन्त्र मेलामा कांग्रेस प्रतिनिधिमण्डको नेतृत्व गर्दै निधि

0

काठमाण्डौं, जेठ ३० गते । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि नेपाली कांग्रेसको एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका लागि आज डेनमार्कको राजधानी कोपनहेगन प्रस्थान गरेका छन् । डेनमार्कको बर्नहोल्ममा यहि जुन १३–१७ सम्म हुने मेलामा सहभागी हुन कांग्रेस उपसभापति निधिसहितका नेताहरु त्यसतर्फ प्रस्थान गरेका हुन् । डेनिस इन्स्टिच्यूट फर पार्टीज् एण्ड डेमोक्रेसी (डीआइपीडी) को निमन्त्रणामा डेमोक्रेसी मेलामा सहभागी हुन कांग्रेस उपसभापति निधिसहित डा. मीनेन्द्र रिजाल, चित्रलेखा यादब र बिनोद भट्टराई डेनमार्कतर्फ लागेका हुन् । प्रजातन्त्र मेलामा डेनमार्कको प्रजातन्त्रको अनुभबबारे अध्ययन भ्रमणका सहभागीहरुलाई जानकारी गराइनेछ ।

Share.

Leave A Reply