play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

इंग्लिस प्रिमियर लिगको खेल तालिका सार्वजनिक

0

एजेन्सी, जेठ ३० गते । सन् २०१९–२० को इङ्ग्लिस प्रिमियर लिग (इपीएल) को यो सिजनको खेल तालिका सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक खेल तालिकामा सिजनका पहिलो खेलमा च्याम्पियन्स लिग विजेता टोली लिभरपुल र नर्वीच सिटीबीचको खेल हुनेछ । अगस्ट ९ मा हुने पहिलो खेलमा नर्विच सिटी र लिभरपुलले प्रतिस्पर्धा गर्नेछन् । इपीएलको साविक विजेता म्यान्चेस्टर सिटी आफ्नो यो सिजनको खेलमा वेष्टहामसँग खेल्दै शुरुवात गर्नेछ । सिटी र वेष्ट हामबीचको खेल अगस्ट १० मा हुनेछ । यस्तै, प्रिमियर लिगमा टोटनह्यामले प्रमोटेड टिम एस्टोन भिल्लासँग खेल्नेछ । प्रिमियर लिगमा ठूलो खेल भने म्यान्चेस्टर युनाइटेड र चेल्सीबीचको खेल अगस्ट ११ मा हुनेछ । प्रतियोगिताको पहिलो हप्ता १० खेल हुनेछन् । जसमा अगस्ट ९ तारिखमा १ मात्रै खेल हुनेछ भने १० अगस्टमा ७ खेल हुँदा अगस्ट ११ मा २ खेल हुनेछन् ।

Share.

Leave A Reply