play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

विप्लवका नेता सन्देशलाई पक्राउ गर्न ३५ दिने सुचना जारी

0

चितवन, जेठ ३० गते ।  बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेललाई पक्राउ गर्न सिन्धुली जिल्ला अदालतले ३५ दिने सुचना जारी गरेको छ ।
आगो लगाई क्षती पु-याएको आरोपमा उहाँलाई सिन्धुली प्रहरीले मुद्धा दायर गरेको हो । सिन्धुली जिल्ला अदालतले जारी गरेको सो सुचना माडी नगरपालिकाको वडा नं. ३ कार्यालयमा टाँसिएको छ ।

वडामा हालै टाँसिएको भएपनि सो सुचना भने गत पौष २३ को मितिमा जारी भएको देखिन्छ । सरकारले प्रतिबन्ध लगाएको सो पार्टीको जनकपुर ब्युरो इञ्चार्ज समेत रहनुभएका सन्देश पौडेल माडीबासीहरुका लागि परिचित नाम हो ।

नेता पौडेल यसअघि तात्कालीन नेकपा (माओवादी केन्द्र) र वाई.सि.एल. नेपालको केन्द्रीय नेताका रुपमा वाम राजनीतिमा सक्रिय रहनुभएको थियो ।

माडीको सामाजिक, साँस्कृतिक, शैक्षिक, आमसञ्चार र खेलकूद लगायतका क्षेत्रहरुको विकासमा उहाँको महत्वपूर्ण योगदान रहेको छ ।

Share.

Leave A Reply