play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

फ्रान्सका व्यवसायीलाई प्रधानमन्त्री ओलीको ‘निम्तो’– नेपालमा लगानी गर्न आउनुहोस्

0

एजेन्सी, जेठ ३० गते । फान्सको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

फ्रान्सेली राष्ट्रिय उद्योग वाणिज्य महासंघले आफ्नो मुख्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

फ्रान्सेली व्यावसायिक समुदायका प्रतिनिधि सहभागी रहेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेको अवस्था नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको पनि बताएका थिए ।

प्रधानमन्त्री ओलीले नेपाल उपयोगमा ल्याउन बाँकी प्राकृतिक स्रोत–साधनको भण्डार र संभवना भएको बजार भएको पनि उल्लेख गरे ।

फ्रान्सेली व्यवसायीहरुसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरु छनौट गरी कानूनी जटिलताहरुको अन्त्य गरेकाले नेपाल लगानीका लागि उपयुक्त वातावरण भएको दावी गरे ।

फान्सस्थित नेपाली दूतावासका अनुसार प्रधानमन्त्री ओलीले नेपालमा संभावित लगानीका क्षेत्र र लगानीको अवसरका विषयमा पनि व्यवसायीहरुलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले फान्सका केही निश्चित कम्पनीका प्रतिनिधिसँग पनि छुट्टै भेट गरेका थिए । सो अवसरमा पनि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको संभावनाबारे चर्चा गरेका थिए ।

Share.

Leave A Reply