play_circle_outline On Air

युट्युब डट कम

play_circle_outline On Air

युट्युब डट कम

उपचारको क्रममा बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाब

0

 

काठमाण्डौं, जेठ ३० गते । काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा पित्तथैलीको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएको छ । पित्तथैलीमा समस्या भएकाले उपचारका लागि अस्पतालमा भर्ना भएकी सिन्धुपाल्चोककी ५० वर्षीया रामप्यारी थापाको मृत्यु महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।  गत शुक्रबार अस्पताल भर्ना गरिएकी थापाको उपचारका क्रममा मृत्यु भएको भन्दै अस्पताल प्रशासनले बिहीबार विहान मात्रै आफन्तलाई जानकारी दिएको थियो ।  आफन्तले अस्पतालको लापारबाहीको कारण बिरामीको मृत्यु भएको अरोप लगाएका छन् । मृतकका आफन्तले चिकित्सकको कारण बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा नाराबाजी गरेपछि ओम अस्पताल केही समय तनावपूर्ण बनेको थियो । अहिले प्रहरीको रोहवरमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको जनाइएको छ ।

Share.

Leave A Reply