play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

प्रभास स्टारर फिल्म ‘साहो’ को टिजर सार्वजनिक

0

एजेन्सी, जेठ ३० गते । चलचित्र ‘बाहुबली’ र ‘बाहुबली २’ बाट चर्चित बनेका अभिनेता प्रभास स्टारर फिल्म ‘साहो’ को टिजर सार्वजनिक गरिएको छ । टिजरलाई टी सिरिजको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

टिजरमा प्रभासलाई पूर्ण एक्सन अवतारमा देख्न सकिन्छ । फिल्मको लेखन तथा निर्देशन सुजीतले गरेका हुन् । फिल्ममा प्रभासका अलावा बलिउड अभिनेत्री श्रद्धा कपूर पनि छिन् ।

त्यस्तै ज्याकी श्राफ र निल नितिन मुकेशलाई टिजरमा देखाइएको छ । धेरै दर्शकमाझ प्रतीक्षित बनेको यो फिल्म आउँदो अगस्त १५ मा रिलिज हुँदैछ ।

Share.

Leave A Reply