play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

पोखरामा गोली चल्यो, गोली लागेर घाइते भएका लागूऔषध कारोबारीको अवस्था खतरामुक्त 

0

जेठ,२९ ।
पोखराको उत्तमचोकमा गोली चलेको छ । लागूऔषध कारोबारी पक्राउका क्रममा आज बिहान करिब साढे ११ बजेतिर गोली चलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खुट्टामा गोली लागि घाइते भएका लागूऔषध कारोबारी गोविन्द थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उत्तम चोकको एउटा रेस्टुरेन्टमा रहेका ती कारोबारीको गोली प्रहारबाट एक प्रहरी पनि घाइते भएका छन् । उनको पार्कल्यान्ड अस्पताल अमरसिंह चोकमा उपचार भइरहेको छ । रेस्टुरेन्टमा लागूऔषध कारोबारी बसिरहेको थाहा पाएरपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी आएको देखेर ती कारोबारी चिपर्ट दाउराले प्रहरीमाथि आक्रमण गरी भागेका थिए । भाग्ने क्रममा प्रहरीले गोली चलाउँदा खुट्टामा लागेको थियो । थापाको साथबाट प्रहरीले डाइजोपान, नुर्फिन, फेरार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको छ ।

Share.

Leave A Reply