play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

विश्वकप क्रिकेटमा अष्ट्रेलिया र पाकिस्तान भिड्दै

0

जेठ,२९ ।
इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । इंग्ल्याण्डको सोमरसेटमा आज हुने खेलमा उपाधि दाबेदार राष्ट्र अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो सवाँ ३ बजे सुरु हुनेछ । काउन्टी ग्राउण्डमा मैदान उत्रदा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । दुवै टिम जित निकाल्दै शीर्ष चारको होडलाई कायम राख्न चाहन्छ । निकै बलियो अष्ट्रेलिया चौंथो खेलमा तेस्रो जित निकाल्न चाहन्छ । तर, अण्डर डगको रुपमा रहदै आएको टिम पाकिस्तानसंग अष्ट्रेलियालाई पराजयको डर भने रहेको छ । त्यसैले अष्ट्रेलिया पाकिस्तानसंग सजग भएर मैदान उत्रनेछ । अष्ट्रेलियाले ३ खेलमा २ जित र १ हारसहित ४ अंक जोडेको छ । यता, पाकिस्तान विश्वकपमा दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । ३ खेलमा १ जित, १ हार र १ बराबरी खेलेको पाकिस्तानको ३ अंक छ । तर, दुई टोलीलाई वर्षाको डर रहनेछ । काउन्टी ग्राउण्डमा वर्षा हुने सम्भावना रहेको छ । विश्वकपको ३ खेल वर्षाको कारण स्थगित भईसकेको छ ।

Share.

Leave A Reply