play_circle_outline On Air

युट्युब डट कम

play_circle_outline On Air

युट्युब डट कम

विश्वकप क्रिकेटमा बंगलादेश र श्रीलंका दोस्रो जितको खोजीमा

0

जेठ,२८ ।
इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । ब्रिस्टोलमा आज खेलमा दुई एसियाली राष्ट्र बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो सवाँ ३ बजे सुरु हुनेछ । काउन्टी मैदानमा दुवै टोली सहज जितको खोजीमा हुनेछ । दुवै टिम जित निकाल्दै शीर्ष चारको सम्भावना कायम राख्न चाहन्छ । तर, दुवैलाई वर्षाको डर रहनेछ । किनकि पछिल्लो साता वर्षाको कारण केहि खेलहरु स्थगित भएका छन् । श्रीलंकाविरुद्ध बंगलादेश दोस्रो जितको खोजीमा हुनेछ । अघिल्ला तीन खेलमा एक जित र दुई व्यहोरेको बंगलादेशको २ अंक रहेको छ । बंगलादेश आठौं स्थानमा रहेको छ । श्रीलंका पनि दोस्रो जितको खोजीमा हुनेछ । अघिल्ला ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेको श्रीलंकाको ३ अंक रहेको छ । श्रीलंका छैटौं स्थानमा रहेको छ ।

Share.

Leave A Reply