play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

जातीय समूहले गरेको आक्रमणमा मालीमा एक सय मानिसको मृत्यु

0

जेष्ठ, २८ ।
अफ्रिकी मुलुक मालीमा डोगोन जातीय समूहले गरेको आक्रमणमा करिब १ सय मानिसको मृत्यु भएको छ । सांगा शहरनजिकैको मोप्ती क्षेत्रस्थित सोबामी डामा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । करिब ५० जनाको समूहमा मोटरसाइकल र पिकअप भ्यानमा आएका हतियारधारी समूहले गाउँमा आक्रमण गरेका हुन् । उनीहरु महिला र बालबालिकालाई समेत निशाना बनाएका थिए । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । आक्रमणमा परेर मारिएका ९५ जनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन् । फेला पारिएका अधिकांश शव जलेको अवस्थामा भेटिएका थिए । आक्रमणमा परेका १९ जना अझै हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

Share.

Leave A Reply