play_circle_outline On Air

रिक्वोस्ट डट कम

play_circle_outline On Air

रिक्वोस्ट डट कम

ट्रकले बसलाई ठक्कर दिँदा रौतहटमा दुई जना भारतीय नागरिकको मृत्यु

0

रौतहट,जेठ,२८ ।
रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा रौतहटमा दुई जना भारतीय नागरिकको ज्यान गएको छ । काठमाण्डौबाट भारतीय तीर्थयात्री बोकेर जनकपुरका लागि छुटेको ना ६ ख ९०३० नम्बरको बस रौतहटको चन्द्रनिगाहापुर जंगलमा रोकिराखेका बेला को १ ख २६२५ नम्बरको ट्रकले ठक्कर दिँदा बसमा रहेका भारत ओडिसाका ५२ वर्षका विजयकुमार देना र ५४ वर्षका चरण विशालको ज्यान गएको हो । दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको विरगञ्ज र ६ जनाको चन्द्रनिगाहापुरमा उपचार भैरहेको छ । बाँकी अन्य घर फर्केको प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply