play_circle_outline On Air

नेपाल खबर

play_circle_outline On Air

नेपाल खबर

इलाका प्रहरी कार्यालय भण्डाराद्धारा ९० किलो गाँजा बरामद

0

चितवन, जेठ, २७ ।
इलाका प्रहरी कार्यालय भण्डाराले ९० किलो गाँजा बरामद गरेको छ । भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२ परखाल भन्ने ठाउँबाट शनिवार राति गाँजा बरामद गरेको हो । विशेष सुराकीका आधारमा सो परिमाणको गाँजा शनिवार राति बरामद गरेपनि प्रहरी निरीक्षक आचार्यले आज मात्रै जानकारी दिनुभयो । गाँजा बोक्ने भने फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको निरीक्षक अचार्यले जानकारी दिए । इलाका प्रहरी कार्यालय भण्डाराले गाँजा तस्करविरुद्धको अभियानलाई जारी राखेको छ । गएको वैैशाखदेखि अहिलेसम्म विभिन्न समयमा ३५० केजी गाँजा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।

Share.

Leave A Reply