play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

विश्वकप क्रिकेटमा अष्ट्रेलिया र भारत भिड्दै

0

जेठ,२६ ।
इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । लण्डनमा आज हुने एक मात्र खेलमा दुई उपाधि दाबेदार क्लब अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो सवाँ ३ बजे सुरु हुनेछ । केनिङटन ओभलमा मैदान उत्रदा दुवै टोली जित निकाल्दै आफ्नो जितको यात्रा कायम राख्न चाहन्छ । दुवै टिम जित निकाल्दै आफुलाई उपाधि दाबेदार प्रमाणित गर्न चाहन्छ । अघिल्ला दुई खेल जितेको अष्ट्रेलिया लगातार तेस्रो जितको योजनामा हुनेछन् । जसका लागि अष्ट्रेलिया भारतलाई शिकार बनाउन चाहन्छ । अष्ट्रेलियाले २ खेलबाट ४ अंक जोडेको छ । र, तालिकाको तेस्रो स्थानमा रहेको छ । अष्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तान र दोस्रोमा वेष्ट इण्डिजलाई हराएको थियो । यता, भारत लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको भारत अष्ट्रेलियालाई पनि स्तब्ध बनाउने योजनामा मैदान उत्रने छ ।

Share.

Leave A Reply