play_circle_outline On Air

युट्युब डट कम

play_circle_outline On Air

युट्युब डट कम

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई

0

जेठ,२५ ।
तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले पहिलो पटक एकल रुपमा प्रतियोगिताको उपाधि उचालेको हो ।

१ सय २६ रनको लक्ष्य पुलिसले ४० दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । ओपनर सुनिल धमलाले ४२ रनको ईनिङ्स खेल्दै टोलीको उपाधि यात्रा तय गरे । अमित श्रेष्ठले ४४ रन बनाउँदै पुलिसको जितको आधार तयार गरेका थिए । कप्तान मञ्जित श्रेष्ठ ११ रनमा नटआउट रहे । आर्मीका करन केसीले ३, साहाब आलमले २ तथा सुसन भारीले एक विकेट लिए । यसअघि, पहिले ब्याटिङ्ग गरेको आर्मीले ३३ दशमलव ३ ओभरमा अलआउट हुदै १ सय २५ रन मात्र बनाउन सक्यो । पवन सरार्फ र ललितनारायण राजवंशीले धारिलो बलिङ गर्दै आर्मीको ब्याटिङ लाईन धरासायी बनाएका थिए । पुलिसका पवनले ७ ओभरमा ४ मेडल राख्दै १२ रन खर्चेर ४ विकेट लिए । ललितले ९ दशमलव ३ ओभर बलिङ गर्दै १ मेडन सहित ३६ रन खर्चेर ४ विकेट लिए । सागर ढकालले १ विकेट हात पारे । उपाधिसंगै पुलिसले २० लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता आर्मीले १० लाख रुपैयाँमा चित्त बुझायो ।

 

Share.

Leave A Reply