play_circle_outline On Air

युट्युब डट कम

play_circle_outline On Air

युट्युब डट कम

विश्वकप क्रिकेटमा इंग्ल्याण्ड र बंगलादेश भिड्दै

0

जेठ,२५ ।
इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । कार्डिफमा आज हुने एक मात्र खेलमा आयोजक इंग्ल्याण्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो सवाँ ३ बजे सुरु हुनेछ । सोफिया गार्डेन्समा इंग्ल्याण्ड र बंगलादेश दोस्रो जितको खोजीमा हुने छन् । दुवै टिम जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा रहेका छन् । दुवैले अघिल्ला २ खेलमा एक जित र एक हार व्यहोरेका छन् । इंग्ल्याण्डले पहिलो खेलमा बलियो टिम दक्षिण अफ्रीकालाई पराजित गरेको थियो । तर, दोस्रो खेलमा इंग्ल्याण्ड पाकिस्तानसंग स्तब्ध भएको थियो ।

Share.

Leave A Reply