play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

विश्वकप क्रिकेटमा पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै

0

जेठ,२४ ।
इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । ब्रिस्टोलमा आज हुने एक मात्र खेलमा दुई एसियाली राष्ट्र पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो सवाँ ३ बजे सुरु हुनेछ । काउन्टी ग्राउण्डमा श्रीलंका र पाकिस्तान दोस्रो जितको खोजीमा हुने छन् । दुवैले अघिल्ला २ खेलमा एक जित र एक हार व्यहोरेका छन् । श्रीलंका पहिलो खेलमा न्युजिल्याण्डसंग पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई हराएको थियो । तेस्रो खेलमा भने श्रीलंका बलियो टिम पाकिस्तानलाई हराउन चाहन्छ । पहिलो खेलमा वेष्ट इण्डिजसंग पराजित पाकिस्तानले दोस्रो खेलमा इंग्ल्याण्डलाई हराएको थियो ।

Share.

Leave A Reply