play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

प्रकाशमानको टिप्पणी – बलियो सरकारको कमजोर बजेट

0

काठमाण्डौं, जेठ २३ गते । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले आर्थिक बर्ष २०७६÷७७ को बजेटलालई बलियो सरकारको कमजोर मनस्थितिको भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६र७७ को बजेटमाथिको छलफलमा सहभागि हुँदै उनले बलियो सरकारले कमजोर मनस्थितिको बजेट ल्याएको धारणा राखे ।

उनले संघीयता कार्यान्वयनको प्रतिवद्धता देखाउन पर्नेमा सरकार त्यसभन्दा पछि हट्दै गएको दाबी गरे । प्रदेश र स्थानीय सरकारलाई छुट्याएको बजेट न्यून राखिएबाट नै सरकारको संघीयताप्रतिको प्रतिवद्धता स्पष्ट देखिएको उनको तर्क थियो ।

नेता सिंहले राजधानीमा अझै पनि रानीपोखरी र धरहरा बनाउन नसक्ने सरकारले प्रत्येक प्रदेशका लागि विशिष्टिकृत आयोजना भन्दै बजेटमा ठुला ठुला योजना र लक्ष्य राखेको बताए ।

सुरक्षित बसोबासको व्यवस्था गर्नका लागि पनि बजेटले ठोस योजना ल्याउन नसकेको उनको भनाइ थियो ।

Share.

Leave A Reply