play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुदै

0

जेठ १५ ।
सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेट संघीय संसदमा प्रस्तुत गर्दैछ । आज दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट पेश गर्नेछन । त्यसअघि दिउँसो २ बजे बस्ने राष्ट्रिय योजना आयोग र ३ बजे बस्ने मन्त्रिपरिषद बैठकबाट बजेट पारित गरिनेछ । अघिल्लो पटक पार्टी घोषणापत्र अनुसारको बजेट नल्याएको भन्दै आलोचित भएका अर्थमन्त्री खतिवडाले यसपटक केही लोकप्रिय कार्यक्रम समेटेर बजेट ल्याउने तयारी गरेका छन । मन्त्रालय स्रोतका अनुसार बजेटमा कर्मचारीको तलब २० प्रतिशतसम्म वृद्धि गरिँदैछ । वृद्ध भत्ता एक हजार रुपैयाँसम्म बढाउने सरकारको तयारी छ । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रममार्फत् सांसदहरुलाई यसअघि दिइएको ४ करोडमा डेढ करोड थपेर साढे ५ करोड र्पुयाइएको बताइएको छ । सांसदहरुले भने यसलाई बढाएर १० करोड र्पुयाउनुपर्ने माग गर्दै आएका थिए । स्रोतका अनुसार बजेटको आकार झण्डै १६ खर्ब हराहारीको हुनेछ ।

Share.

Leave A Reply