play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस आज

0

जेठ,१४ ।
मे २८ अर्थात् अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस । नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । महिनावारी हुँदा सरसफाइमा ध्यान दिनुपर्ने र स्वच्छतामा ध्यान नदिँदा किशोरी तथा महिलाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने विषयमा जनचेतना दिन यो दिवस मनाइन्छ । खानेपानीमन्त्री बिना मगरको उपस्थितिमा जमलमा रहेको एक होटलमा आज दिउँसो १ बजे कार्यक्रम हुँदैछ । नेपालको सुदूरपश्चिमका केही जिल्लामा अझै छाउपडी प्रथा कायमै रहँदा महिला तथा किशोरीको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ । पानी, स्यानेटरी प्याडलगायतको सहज उपलब्धता नहुँदा, सरसफाइमा ध्यान दिनुपर्ने कुरामा ज्ञान नहुँदा महिनावारी स्वच्छतामा असर पुग्ने गरेको सरोकारवालाहरू बताउँछन । सन् २०१४ देखि हरेक वर्ष २८ मेका दिन अन्तर्रा्ष्ट्रिय रूपमा मनाउन शुरु गरिएको यो दिवस नेपालमा २०१५ देखि मनाउन थालिएको हो । सरकारी तवरमा भने गत वर्षदेखि मनाइन थालिएको हो ।

Share.

Leave A Reply