शिरीष देवकोटाको छोरो अमेरिका छ सार्वजनिक ( भिडियो सहित )

0


जेठ १३ ।
गायक शिरीष देवकोटाको स्वरमा रहेको छोरो अमेरिका छ बोलको गीत सार्वजनिक भएको छ । गीतको विमोचन आइतबार साँझ माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गर्नुभएको हो । गीतको म्युजिक भिडियो भने पृथ्वी इन्टरटेन्मेटको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतमा महिलाको स्वर भने सम्झना भण्डारीले दिएकी छिन् । त्यस्तै रमेश बीसीको शब्द रहेको गीतमा संगीत गायक स्वयम्ले भरेका छन् । गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । म्युजिक भिडियोमा नेपाली चलचित्र क्षेत्रका हस्ती नीर शाहसँगै हिउँवला गौतम, श्रीप्रसाद थापा, सोनी गुरुङ्ग लगायतको अभिनय रहेको छ । गायक देवकोटाका अनुसार यस गीतमा विदेशमा भासिएका आफ्ना सन्तानलाई आफ्नै नजिक देख्न पाऊँ भन्ने अतृप्त इच्छा बोकी रुने आमाबुवाको कथा रहेको छ । देवकोटा भन्छन्, ‘हरेक आमाबुवाको इच्छा भनेको आफ्नै सन्तानको नजिक रहेर मर्न पाऊँ भन्ने हुन्छ । आफूले हुर्काएका सन्तानले आफैलाई बिर्सँदा बुवाआमा कति रुँदाहुन् ? त्यही कुरालाई गीतमार्फत देखाउन खोजिएको हो ।’ गीतको विषयवस्तुले हरेक घरको व्यथा बोक्ने भएकाले पनि गीत समसामयिक रहेको उनको भनाइ छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :
https://www.youtube.com/watch?v=Vvm07QOG1ns

Share.

Leave A Reply