play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

मच्चिँदै जात्रै जात्रा

0

जेठ १२, भरतपुर ।

जेठ ३ गतेदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र जात्रै जात्रा निर्माणकर्ताले फिल्म सफल भएको बताएका छन् । आज नारायणगढको जलमा हलमा पत्रकारहरूसँग कुराकानी गर्दै फिल्मका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले सबै दर्शकहरूलाई धन्यवाद दिएका हुन् । उनले भने, ‘फिल्म तयार पार्न ठूलै दुःख गरेका थियौं । त्यो दुःखले सार्थकता पाएको अनुभव भएको छ ।’ दुई घण्टाको छोटो समयमा पनि दर्शकहरूलाई खुशी दिनसक्नुले आफूहरूलाई आनन्दित बनाएको उनले बताए । देश तथा विदेशमा रहेका नेपाली दर्शकप्रति कृतज्ञ हुँदै उनले आगामी दिनमा पनि त्यस्तै साथ दिन आग्रह गरे ।

त्यस्तै चलचित्रका निर्देशक प्रदिप भट्टराईले पनि दर्शकको सहभागितालाई लिएर उत्साहित भएको प्रतिक्रिया दिए । ‘पहिलो हप्तामा भन्दा दोश्रो हप्तामा धेरै दर्शक हल पुग्नुभएको छ । यो हाम्रा लागि साँच्चै नै सकारात्मक कुरा हो’ उनले भने । चलचित्र राम्रो हुनमा कलाकालहरूको पनि महत्त्वपूर्ण साथ रहेको उनले दोहो¥याए । ‘निर्देशक भनेको सेनापति जस्तै हो । उसले निर्देशन दिने हो । लडाइँ त सैनिकहरूको टोलीले नै लड्ने हो’ उनले थपे । आगामी चलचित्र कस्ता आउनेछन् भनी पत्रकारहरूले गरेको प्रश्नमा उनले केही नयाँ गर्न चाहेको बताए । ‘मैले बनाएका तीन फिल्म धेरै रुचाइए । त्यसकारण पनि दर्शकहरूले मबाट धेरै अपेक्षा गरेको हुनुपर्छ’ उनले भने, ‘बच्चाले जस्तो सजिलो काम गर्दै आएको थिएँ । अब केही जोखिम लिने बेला आएको छ । पहिले भन्दा फरक फिल्म ल्याउने तयारीमा रहेको बताउन चाहन्छु ।’ तीतो कुरा दर्शकसामु कसरी मीठो तरिकाले ल्याउने भन्नेमा आफू केन्द्रित रहेको उनको भनाइ थियो । पत्रकार सम्मेलनमा चलचित्रका बाल कलाकार अर्वीन खड्का पनि उपस्थित थिए ।

Share.

Leave A Reply