play_circle_outline On Air

युट्युब डट कम

play_circle_outline On Air

युट्युब डट कम

बाह्रौं चितवन महोत्सवको आय व्यय सार्वजनिक, ३ करोड बढी आम्दानी

0

चितवन,जेठ,१० ।
उद्योग वाण्ज्यि संघ चितवनको आयोजनामा भएको बाह्रौं चितवन महोत्सव २०७५ मा कूल ३ करोड ४४ लाख ५४ हजार १ सय १७ रुपैयाँ ६८ पैसा आम्दानी भएको छ । संघले महोत्सव सकिएको करिब ४ महिना पछि आज पत्रकार सम्मेलन गरी महोत्सवको आय र व्यय सार्वजनिक गरेको हो । महोत्सवमा कूल २ करोड ७६ लाख ५४ हजार ३ सय ५२ रुपैयाँ ७८ पैसा खर्च भएको छ । संघले आम्दानीबाट बचेको ६७ लाख ९९ हजार ७ सय ९१ रुपैयाँ ९० पैसाको २५ प्रतिशत करका लागि व्यवस्था गरेको जनाएको छ । सो रकम १६ लाख ९९ हजार ९ सय ४७ रुपैयाँ ९८ पैसा हुन आउँछ । संघले प्रत्येक स्टलको १० प्रतिशतले हुन आउने ८ लाख ९५ हजार ९५ रुपैयाँ वहाल कर बापत बुझाएको बताएको छ । त्यस्तै उसले प्रवेश टिकटको १३ प्रतिशतले हुन आउने ७ लाख ६९ हजार १ सय ७० रुपैयाँ पनि आन्तरिक राजश्व कार्यालयमा भुक्तानी गरेको छ ।

भरतपुर महानगरपालिका कार्यालय कार्यालयलाई पनि मनोरञ्जन कर वापतको रकम ३ लाख ५० हजार रुपैयाँ बुझाइने संघका अध्यक्ष सहनलाल प्रधानले बताउनुभयो । संघले महोत्सव अवधिभर कमाइ भएको रकम विभिन्न सेवामूलक कार्यमा पनि खर्च गरिने बताएको छ । रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरिने अध्यक्ष प्रधानले जानकारी दिनुभयो । उक्त सहयोगलाई पछिका दिनमा वृद्धि गराउँदै १ करोडसम्म पु¥याइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । त्यस्तै, उद्योग वाणिज्य संघ चितवनले गणेशधाम निर्माणार्थ रु ५ लाख १७ हजार ४ सय ४८, सशस्त्र प्रहरी बल कुरिनटारलाई ट्रमा सेन्टर निर्माणका लागि रु ३ लाख, नारायणी कला मन्दिरलाई रु ७५ हजार सहयोग गरेको छ । पत्रकारहरूसँग बोल्दै संघका प्रथम उपाध्यक्ष चुननारायण श्रेष्ठले नवउद्यमीलाई मार्ग प्रदान गर्न महोत्सवले भूमिका खेलेको बताउनुभयो । धेरै भन्दा धेरै अवलोकनकर्ता आएकाले पनि महोत्सव सफल भएको उहाँको भनाइ थियो । २०७५ पौष २५ देखि माघ ४ गतेसम्म नारायणी नदी किनारमा चलेको १२औं चितवन महोत्सवको करिब ५ लाख बढीले अवलोकन गरेको संघले जनाएको छ । ३३ साना र ५ ठूला गरी ३८ वटा स्टल रहेको महोत्सवमा करिब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको दाबी गरिएको छ ।

Share.

Leave A Reply