play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

चितवनमा असिनापानीले ठूलो नोक्सान,धानखेतीमा मात्रै करोडौँको क्षति

0

चितवन, जेठ ८ ।
चितवन र पूर्वी नवलपुरमा हावाहुरीसहित आएको असिनापानीले ठूलो क्षति र्पुयाएको छ । गए राति आएको हावाहुरीले करोडौंको धनमालमा क्षति पुगेको हो । चितवनमा धानखेतीमा मात्र करोडौँको क्षति र्पुयाएको छ । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ५ र वडा नम्बर ६ मा लगाइएको धान खेतीमा असिनाले क्षति र्पुयाएको हो । धान पाक्ने बेलामा आएको असिनासहितको हावाहुरीले क्षति भएको स्थानीय किसानहरुले बताएका छन् । व्यवसायिक रुपमा धान खेती हुँदै आएको त्यस क्षेत्रमा करिब दुई सय बिगाहा क्षेत्रमा लगाइएको धानमा क्षति पुगेको रत्ननगर नगरपालिका वडा ५ का वडा अध्यक्ष कृष्ण महतोले जानकारी दिए । यस पटक असिना पानीले धान नष्ट गरेकाले लागत नै डुबेको स्थानीयले बताए ।

यसैगरी, नवलपुरको देवचुली नगरपालिकामा गए राति आएको हावाहुरीले झण्डै ३०० घरमा क्षति पु¥याएको छ । हुरीसँगै असिना पानी परेपछि जनजीवन थप कष्टकर बनेको छ । देवचुली नगर उपप्रमुख पार्वता तिवारीले गए राति आएको हावाहुरी र असिनाले झण्डै २०० बढी घरको छाना उडाएको प्रारम्भिक अनुमान आएको बताइन् । नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९, ११, १२ र १४ मा रहेका घरको टिन र खरको छानो उडाएको उपप्रमुख तिवारीले बताइन् । तर मानवीय क्षति भने भएको छैन । हुरी पीडितको अवस्था बुझ्न मेयर पूर्णकुमार श्रेष्ठ, उपप्रमुख तिवारीसहितका जनप्रतिनिधि प्रभावित क्षेत्रमा खटिएका छन् ।

Share.

Leave A Reply