play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

१७ बर्षमुनिको माडी स्तरीय फुटबलमा ग्रिनपिसको बिजयी सुरुवात

0

जिबन रानाभाट जेठ ०८।

माडीको बसन्तपुरमा जारि १७ बर्षमुनिको माडी स्तरीय जुनियर कप नकआउट फुटबल प्रतियोगितामा ग्रिनपिस फुटबल क्लबले बिजयी सुरुवात गरेको छ । आज बिहान भएको निकै रोमान्चक खेलमा आयोजक बसन्तपुर युनाइटेट क्लब”बि”लाइ १-० गोल अन्तरले पराजित गर्दै ग्रिनपिस बिजयी भएको हो ।ग्रिनपिसलाइ बिजयी गराउन असिम गुरुङले गोल गरे । खेलको म्यान अफ द म्याच भने ग्रिनपिसकै लक्की चौधरी घोषित भए । यस्तै आजै साझ ५ बजे हुने दोस्रो खेलमा तमु समाज माडीले माडी ९ को सामना गर्ने प्रतियोगिताका संयोजक आशिष सुनारले जानकारी दिनुभयो । यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक बसन्तपुर युनाइटेट क्लब “ए”ले शोमेश्वर युवा क्लबलाइ ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । बसन्तपुर युनाइटेट क्लबको आयोजनमा जारि प्रतियोगिताको विजेताले १० हजारको साथमा आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता टिमले ५ हजारको साथमा आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

Share.

Leave A Reply