play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

पाँचथर सामूहिक हत्याकाण्डका ९ र झुन्डिएको शव समेत गरी १० वटै शव परीक्षणका लागि धरान ल्याइयो

0

जेठ ८ ।
पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति हत्या गरिएकाहरुको शव पोष्टमार्टमका लागि धरान ल्याइएको छ । काठमाडौंमा गएको सीआईबीको विशेष टोलीले घटनास्थलको अनुगमन गरेर अनुसन्धान अघि बढाएपछि उठाइएका शव आज पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले आजै दिउँसोदेखि सबै शवको पोस्टमार्टम गरिने जानकारी दिए । पाँचथरको आरुबोटेमा हत्या गरिएको अवस्थामा भेटिएका दुई परिवारका ९ र मिक्लाजुङ–८ लुमाङदिनमा झुन्डिएको अवस्थामा फेला परेको एउटा शवसमेत मिक्लाजुङ गाउँपालिकाको केन्द्र रविमा जम्मा पारेर धरान ल्याइएको हो । मिक्लाजुङ गाउँपालिका–३ मा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको थियो । घटनास्थल भन्दा दुई घण्टा परको पैदल दूरीमा मानबहादुर माखिमको शव पनि झुन्डिएको अवस्थामा फेला परेको थियो । मानबहादुरले नै दुवै परिवारका सदस्यको हत्या गरेर आफू झुन्डिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । घटनाबारे अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ ।

यस्तै, पाँचथरको मिक्लाजुङ गाँउपालिका आरुबोटेमा भएको विभत्स हत्याकाण्डमा ज्यान जोगाउन सफल घाइते बालिकाको सम्पूर्ण उपचारको व्यवस्था प्रदेश १ सरकारले गर्ने भएको छ । विराटनगरस्थित मन्त्रालयको कार्यालयद्धारा जारी विज्ञप्तीमा सो क्रुर र बर्बरतापूर्वक भएको घटनामा घाइते भएर उपचार गराइरहेकी १२ वर्षकी सीता खजुमको उपचार व्यवस्था सरकारले व्यहोर्ने भएको हो । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा यस अपराधिक, अमानवीय तथा निन्दनीय हत्याले स्तब्ध भएको जनाइएको छ । घटनामा संलग्न जो कोही अपराधीलाई कानूनको दायरा ल्याएर कारवाही गर्ने प्रतिबद्धता जाहेर गरेको सरकारले घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय, प्रमुख जिल्ला अधिकारी, केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्लास्थित सुरक्षा निकाय, तथा तालिम प्राप्त कुकुरसहितको टोलीलाई आवश्यक निर्देशन दिदैं घटनास्थलतर्फ परिचालन गरिएको जनाएको छ ।

Share.

Leave A Reply