play_circle_outline On Air

आशाको बाँडी

play_circle_outline On Air

आशाको बाँडी

भारतको अरुणाञ्चलमा चरमपन्थी आक्रमण, विधायकसहित ११ जनाको मृत्यु

0

जेठ,८ ।
भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको चरमपन्थी आक्रमणमा एक विधायकसहित ११ जनाको ज्यान गएको छ । आक्रमणमा नेशनल पिपुल्स पार्टी (एनपिपी) का विधायक तिरोंग अबोसहित ११ जनाको ज्यान गएको हो । तिरोंग अबो मेघालयका मुख्यमन्त्री कानराड संगमाको पार्टीका विधायक हुन् । घटनामा विधायक अबोका छोराको पनि ज्यान गएको बताइएको छ । तिरोंग अबो परिवारसहित सुरक्षा व्यवस्थाको साथमा असमबाट अरुणाञ्चल जाँदै थिए । त्यहि क्रममा खोनसा–देओमाली सडकमा पहिले देखिनै कुरेर बसेका बन्दुकधारीले आक्रमण गरेका हुन् । ज्यान गुमाउनेमा दुईजना सुरक्षाकर्मी पनि छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।

Share.

Leave A Reply