play_circle_outline On Air

र्यापिड फाएर

play_circle_outline On Air

र्यापिड फाएर

भारतीय महिला लिगको उपाधिका लागि नेपाली सेथु फुटबल क्लब र मणिपुर क्लब भिड्दै

0

जेठ,८ ।
भारतीय महिला लिगको उपाधिका लागि आज मणिपुर पुलिस स्पोर्टिङ क्लब र सेथु फुटबल क्लब आमने सामने हुँदैछन् । यी दुई क्लब यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर फाइनलसम्म आइपुगेका हुन् । नेपाली स्ट्राइकर सावित्रा भण्डारी सम्मेलित टिम सेथुले खेलेको ६ वटै खेलमा जित हात पारेको थियो । मणिपुरले भने लिगमा सेथुसँगमात्र पराजय भोगेको थियो । मणिपुरले यसअघि खेलेको ६ वटा खेलमा गोलको वर्षा नै गरेको छ । ६ म्याचमा मणिपुरले ४१ गेल गरेको छ । जसमा साई एसटीसी कुत्ताक र बेंग्लोर युनाइटेडविरुद्धको खेलमा १०–० को जित पनि समावेश छ । यता सेथुले भने ४२ गोल गरेको छ । उसले एक म्याचमा ७ गोलको औषतमा गोल गरेको छ ।

Share.

Leave A Reply