play_circle_outline On Air

स्वुईट होम

play_circle_outline On Air

स्वुईट होम

“मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी” सम्बन्धि अन्तरक्रिया सम्पन्न

0

चितवन, जेठ, ७ ।
भरतपुर महानगरपालिका वडा न ७ मा रहेको राधा पौडेल फाउन्डेशन र न्यायका लागि सक्रिय महिला मञ्चको संयुक्त आयोजनामा “मितेरी जैविक सेनेटरी प्याडको समुद्धघाटन” तथा “मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी” सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले महिलाहरुले महिनावारी हुदाखेरी सामाजिक तथा मानसिक यातना भोग्दै आएको बताएका थिए । महिनाबारी बार्ने कुरालाई अन्त्य गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका थिए । महिनावारी के हो र कसरी मर्यादित बनाउन सकिन्छ भन्ने बिषयमा समेत छलफल गरिएको छ । २०१९ मे २८ महिनावारी स्वस्थता दिवशको सनदर्भमा रहेर कार्यक्रमको आयोजना गरीएको हो भने यो दिवश नेपालमा गत वर्षबाट मात्रै मनाउन सुरु गरिएको हो । २०७४ सालमा स्थापना भएको राधा पौडेल फाउन्डेशनले महिला हिंसा विरुद्ध आवाज बुलन्द समाज रुपान्तरणमा महिला शसक्तिकरणको लागि वहस, छलफल र सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Share.

Leave A Reply