play_circle_outline On Air

युट्युब डट कम

play_circle_outline On Air

युट्युब डट कम

गोन्द्राङ घटनामा मेरो संलग्नता छैन -सांसद खनाल (विज्ञप्ति सहित)

0

चितवन, जेठ,६ ।
भरतपुर महानगरपालिको गोन्द्राङ ढाट घटनामा आफ्नो कुनै संलग्नता नभएको प्रदेश सांसद कृष्ण खनालले बताएका छन् । सांसद खनालले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमलगायत सामाजिक सञ्जालमा आफ्नो नाम जोडिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

मदन–आश्रित स्मृतिसभाको कार्यक्रम सकेर दासढुंगाबाट रत्ननगरतर्फ फर्किने क्रममा सो कर संकलन ढाटमा पुग्दा जनप्रतिनिधि भएकोले बोलिदिनु प¥यो भनी आग्रह गरेपछि एउटा जनप्रतिनिधिको हैसियतले सामन्जस्य ल्याउने उद्देश्यले आफूले केही कुरा बोलेको विज्ञप्तिमा उल्लेख छ । सोही समयमा भीडबाट कसैले अकस्मात फालेको पेट्रोलमा लागेको आगोले प्रहरी कर्मचारी असई कल्पना पौडेल घाइते भएको भन्दै सांसद खनालले विज्ञप्तिमा दुःख व्यक्त गरेका छन् । उनले घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । विज्ञप्तिमा यस्तो घटनालाई लिएर केही सञ्चारमाध्यमले मेरो भनाइसमेत नराखी समाचार सम्प्रेषण भएको पाइएकोले म अत्यन्त दुःखी भएको उल्लेख छ । उनले विज्ञप्तिमा सडक करको नाममा जिल्लाभित्रकै अर्को नगरका जनतालाई प्रत्यक्ष असर पर्ने गरी ढाट राखिनु सर्वथा उचित नभएको पनि उल्लेख गरेका छन् ।

Share.

Leave A Reply