play_circle_outline On Air

युट्युब डट कम

play_circle_outline On Air

युट्युब डट कम

अप्टिकल फाइबर बिछ्याउने योजनाको प्रधानमन्त्रीले गरे शिलान्यास

0

जेठ,६ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको आज शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले धादिङको गल्छीमा साबेलले माटो फालेर अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरेका हुन् । नेपाल टेलिकमले यो योजना अघि बढाएको हो । मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई सूचनाप्रविधि पहुँचमा जोड्न यो योजना सुरु गरिएको हो । यो योजनाअनुसार प्रदेश १, २ र ३ को मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गरिनेछ । नेपाल टेलिकमले पूर्वमा पाचँथरको चिवा भञ्ज्याङदेखि मध्यमा गोरखाको आरुघाटसम्म २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न लागेको टेलिकमले जानकारी दिएको छ । अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गराउने पनि टेलिकमले जानकारी दिएको छ ।

Share.

Leave A Reply