play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

नवलपरासीमा २ युवती माथि प्रहरीलेनै गरे जबरजस्तीकरणी, कारवाही माग गर्दै प्रदर्शन

0

नवलपरासी,जेठ,६ ।
प्रहरीले एक किशोरीसहित २ महिलालाई जबरजस्तीकरणी गरेको आरोप नवलपरासीका स्थानीयले लगाएका छन् । प्रहरीमाथि कारवाही माग गर्दै स्थानीयले प्रदर्शन गरेपपिछि २ प्रहरी जवान निलम्बनमा परेका छन् । पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयकमा कार्यरत प्रहरी जवान प्रेम खड्का र पाटेश्वर यादवमाथि १७ वर्षीया किशोरी र २६ वर्षीया महिला जबरजस्तीकरणी गरेको आरोप स्थानीयले लगाएका छन् । गत वैशाख १ गते घाँस काट्न गएका उनीहरुलाई जवानद्वयले जबरजस्तीकरणी गरेको दाबी स्थानीयको छ । तर, घटनालगत्तै पीडितले मुख नखोलेर केही दिनपछि मात्रै यसबारे प्रहरीकोमा उजुरी गरेका थिए । स्थानीयले घटना सतहमा आएलगत्तै रक्षक नै भक्षक भएको भन्दै प्रहरी जवानद्वयमाथि कारवाही माग गरेर प्रदर्शन थालेका छन् । जिल्ला प्रहरी कार्यालय, नवलपरासीका नायव प्रहरी उपरीक्षक वीरेन्द्र थापाले जबरजस्तीकरणी आरोपित दुवै जवानलाई जबर्जस्ती करणीमा मुद्दा प्रक्रिया अघि बढाइएको बताए ।

Share.

Leave A Reply