play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

त्रिशूली नदीमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

0

धादिङ जेठ,६ ।
काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न क्रममा डुबेर मृत्यु भएको छ । गल्छी गाउँपालिका ४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए । काठमाडौँबाट चार जना मोटरसाइकलमा आएकामा उनीहरु अत्यधिक गर्मीका कारण नदीमा नुहाउन गएका थिए । पौडी खेल्दा डुबेपछि उद्धार गर्न नसकेर उनको मृत्यु भएको हो ।

Share.

Leave A Reply