play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

धादिङ बन्द गराउन खोज्ने स्थानीय एक युवक पक्राउ

0

धादिङ ,जेष्ठ,६ ।
नेत्रविक्रम चन्द समूहले आज आयोजना गरेको धादिङ बन्दका क्रममा पृथ्वीराजमार्ग अवरुद्ध गराउन खोज्ने स्थानीय युवालाई प्रहरीले पक्राउ गरेको छ । बेनिघाट रोराङको जोगिमारास्थित राजमार्गमा बन्द सफल गराउन थप हुल भेला गर्दै गरेको थाहा पाए पछि प्रहरीले गम्बे उपनामका धन बहादुर श्रेष्ठलाई मोटरसाइकलसहित पक्राउ गरेको हो । बेनिघाट ३ बस्ने गम्बेलाई बा ९६ प ५९१७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो । चन्दसमूहले आज प्रधानमन्त्री केपी ओलीको गल्छी मासटारमा अप्टिकल फाइबर सूचना मार्ग शिलन्यास कार्यक्रम बिथोल्न धादिङ बन्दको आयोजना गरेको थियो । धादिङमा बन्दको प्रभाव न्यून छ । प्रहरीले स्कर्टिङ गरेर राजमार्ग सुचारु गरेको छ ।

Share.

Leave A Reply