play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

नर्ससँग दश बुँदे सहमति, तोडियो अनशन

0

जेठ ६ ।

दश दिनदेखि अनशनरत दुई नर्सले आइतबार अनशन तोडेका छन्। जनजाति महासंघका पूर्वअध्यक्ष आङकाजी शेर्पाले केन्द्रकी नर्स डिक्की शेर्पालाई जुस खुवाएर अनशन तोडिएका हुन्। त्यसैगरी, नेपाल नर्सिङ संघमा अनशनरत अर्की नर्स जिता बराललाई पनि जुस खुवाएर अनशन तोडाइएको छ।

धर्मभक्त मानव अगं प्रत्यरोपण केन्द्रले ९६ नर्सको खुला स्थायी दरवन्दी लोक सेवा अनुसार हुने गरी विज्ञापन गरेपछि केन्द्रमा कार्यरत नर्स विरोधमा उत्रिएका थिए। विरोधकै क्रममा केन्द्रकी नर्स डिक्की शेर्पा र पोखराकी नर्स जिता बरालले केन्द्रका नर्सका पक्षमा अनशन थालेका थिए। वार्ता सफल भएलगत्तै केन्द्रका नर्सहरुले वार्तामा सहयोग गर्ने नेपाल ट्रेड युनियन महासंघ, केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, नेपाल नर्सिङ महासंघ, अस्पतालमा पुगेका बिरामी तथा कुरुवा, स्वास्थ्य मन्त्रालयलगायत सबैप्रति आभार प्रकट गरेका छन्।

आइतबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, स्वास्यकर्मी युनियनका प्रतिनिधी सविता सितखु, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दीलिप लामिछाने, नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखेरेल र केन्द्रकी नर्स सजना धौलासहितको रोहबरमा दश बुँदे सहमति भएको थियो। सहमतिअनुसार मानव अंग प्रत्यारोपण केन्द्रमा करारमा रहेका कर्मचारीलाई सम्बोधन हुने गरी स्वास्थ्य नियमावलीअनुसार सुरुमा प्रविधिकतर्फको विज्ञापन गरी परिक्षा सञ्चालन गर्ने, लोकसेवा परिक्षा सञ्चालन अघि नै केन्द्रको आइसियु र युरालोजी विभाग सञ्चालन गर्ने, प्रशासनतर्फको विज्ञापनको लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने, स्वास्थ्य ऐनसँग बाझिएका केन्द्रका नियमावलीलाई परिमार्जन गर्ने सम्झौता भएको छ।

Share.

Leave A Reply