play_circle_outline On Air

फन फन्नी

play_circle_outline On Air

फन फन्नी

गोन्द्राङ ढाटको आगजनीमा संलग्न थप एकजना पक्राउ

0

चितवन,जेठ, ५ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलको गोन्द्राङमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा शुक्रबार भएको आगजनीको घटनामा संलग्न भएको आरोपमा चितवन प्रहरीले थप एकजना व्यक्तिलाई आज बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा केपी लामिछाने रहेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभएको छ । विहान पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय भरतपुर ल्याइएको छ । लामिछाने कृषि विकास बैंक कर्मचारी यूनियनका पूर्व अध्यक्षसमेत हुन् । यसअघि घटना भएकै दिन प्रहरीले रेवान सौराहाका अध्यक्ष गोर्कण गिरीलाई पक्राउ गरेको थियो । आगजनीको भिडियो हेरेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक शुशिल सिंह राठौरले टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा सांसदकै उपस्थितिमा अमानवीय कार्य भएको बताउनुएको छ । सांसद खनालले भने आफू घटना स्थलमा भए पनि आफ्नो नेतृत्वमा आगो लगाउने काम नभएको दावी गर्नुभएको छ ।

Share.

Leave A Reply