play_circle_outline On Air

युट्युब डट कम

play_circle_outline On Air

युट्युब डट कम

(अपडेट) त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ७ पुग्यो,चार जनाको सनाखत

0

धादिङ,जेठ,५ ।
धादिङको आदामघाट नजिक बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा खस्दा काठमाण्डौको चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाण्डौ थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल गिरी र धादिङका राजन आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको परिचय खुले पनि ठेगाना खुलेको छैन । घाइते मध्ये १७ जनाको काठमाण्डौको ट्रमा सेन्टर तथा अन्यको धादिङको गुजरी र जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन ।

Share.

Leave A Reply