play_circle_outline On Air

फन फन्नी

play_circle_outline On Air

फन फन्नी

जुनको तेस्रो सातादेखि ब्राजिलमा कोपा अमेरिका सुरु हुदै,किन खेल्दैछन् जापान र कतार?

0

बैशाख ०४, जुनको तेस्रो सातादेखि ब्राजिलमा सुरु हुने कोपा अमेरिकामा १२ देशको सहभागिता रहेको छ । दक्षिण अमेरिकाको १० राष्ट्रसँगै यसपटक एसियन कपको फाइनल खेलेका जापान र कतारले पनि कोपा अमेरिकामा प्रतिस्पर्धा गर्नेछन् ।दक्षिण अमेरिकामा १० राष्ट्र मात्र भएका कारण प्रतियोगितालाई उचित संरचना दिन दुई राष्ट्रलाई सहभागिता जनाउन आमन्त्रण गरिएको हो । यसअघिका प्रतियोगितामा ६ राष्ट्रलाई निमन्त्रणा दिने प्रचलन रहेको थियो । अमेरिकामा भएको अघिल्लो संस्करणमा पनि १६ टोलीको सहभागिता रहेको थियो ।
सन् २०१८ को मेमा दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबल) ले सन् १९९३ मा लागु गरिएको १२ टोलीको संरचना पछ्याउने र दुई टोलीलाई आमन्त्रण गर्ने निर्णय गर्यो । यसैक्रममा जापान र कतारले आमन्त्रित टोलीका रुपमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यद्दपी जापान र कतार एसियन कपको फाइनल पुगेको कारण आमन्त्रित गरिएका भने होइनन् । उक्त प्रतियोगिता हुनुअघि नै दुई टोलीको सहभागिता पक्का भएको थियो ।
सन् २०२२ को विश्वकपको आयोजक समेत रहेको कतारले आफ्नो विश्वकप तयारीका रुपमा यस प्रतियोगितालाई लिएको छ । यस प्रतियोगितामा कतारले समूह बी मा रहेर अर्जेन्टिना, कोलोम्बिया र पाराग्वेको सामना गर्नेछ । यता जापानले भने उरुग्वे, चिली र इक्वेडरसँग खेल्नेछ ।
यसअघि जापानले आमन्त्रित टोलीका रुपमा पाराग्वेमा भएको सन् १९९९ को संस्करणमा ओअनी खेलेको थियो । उक्त प्रतियोगितामा जापानले बोलिभियासँग १-१ को बराबरी खेल्दै १ अंक जोडेर समूहको अन्तिम स्थानमा रहेको थियो । जापानले पेरु र पाराग्वेसँग हार बेहोरेको थियो ।

Share.

Leave A Reply